८ मंसिर २०८१, शनिबार
गरिमा विकास बैंक लिमिटेडले सेयरधनीको नाममा रहेको केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने जनाएको छ ।
यस्तै, संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रिय कार्यालय, लाजिम्पाट, काठमांडौमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।
त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि बैंकले जनाएको छ ।
सूचनामा कित्ता संख्या र मूल्य भने खुलाइएको छैन ।
बैंकले प्रकाशन गरेको सूचनाः