आइएमई लिमिटेड र सुमेरु अस्पतालवीच सम्बन्धि सम्झौता

होमल्याण्ड खबर

२०७५ भाद्र १२ गते, मंगलवार १४:०० मा प्रकाशित

काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालय रहेको आइएमई लिमिटेड र सुमेरु  अस्पतालबीच सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले सुमेरु अस्पतालको सेवामा १० प्रतिशत विशेष छुट पाउनेछन् ।

त्यस्तै आइएमईमा कार्यरत कर्मचारीहरु र आइएमईका नीजि व्यवसायीक साझेदारहरूले १३ प्रतिशतसम्म छुट प्राप्त गर्ने व्यवस्था मिलाइएको छ । यो सुविधा अस्पताल भित्रको सेवामा मात्र लागु हुने जारी विज्ञप्तिमा उल्लेख छ । यो सुविधा लिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड, कर्मचारी परिचयपत्र वा आइएमईमा आवद्व भएको प्रमाण पत्र अस्पतालको ओपीडी शाखामा देखाउनुपर्नेछ ।