२ चैत्र २०८२, सोमबार
काठमाडौँ महानगरपालिकामा नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्षसहित सदस्यहरुले आज शपथसँगै पदबहाली गर्ने भएका छन् । कामपाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बोलेन्द्र साह र उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुनिता डङ्गोल निर्वाचित भएका छन् ।
कामपाको ३२ वडामा प्रमुख उपप्रमुखसहित १६२ जनप्रतिनिधि हुनुपर्ने भए पनि वडा २४ र २५ मा दलित महिला सदस्यको उम्मदवारी नपरेको हुनाले यस पटक कामपामा १६० जनप्रतिनिधि रहनेछन् । कामपाको प्रमुख पदमा विभिन्न दल र स्वतन्त्र गरी ५६ उपप्रमुख ३५ जानको उपप्रमुखमा परेको थियो । कामपाको ३२ वडामध्ये अध्यक्ष पदमा १९ मा नेपाली कांग्रेसका उम्मेदवार र १२ वडामा एमालेका उम्मेदवार विजय भएका छन् ।

