काठमाडौंको धोबी खोलामा पुरुषको शव भेटियो

होमल्याण्ड खबर

२०७९ जेष्ठ २४ गते, मंगलवार १०:२६ मा प्रकाशित

काठमाडौंको धोबी खोलामा एक जनाको शव भेटिएको छ ।

सुकेधारबाट कपन जानेबाटो नजिक खोला किनारमा पुरुषको शव फेला परेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए ।

खोलामा घोप्टो परेको अवस्थामा शव फेला परेको हो । अहिले घटनास्थलमा प्रहरी टोली पुगिसकेको उनले बताए ।