नेपाल थाइल्याण्डविरुद्ध बलिङ गर्दै

होमल्याण्ड खबर

२०७९ जेष्ठ २४ गते, मंगलवार १२:३६ मा प्रकाशित

आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत थाइल्याण्डविरुद्ध नेपालले सुरुआतमा बलिङ गर्ने भएको छ ।

मलेसियाको युकेएम ओभलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । थाइल्याण्डले सुरुआतमा ब्याटिङ गर्नेछ । नेपाल आज तेस्रो जित निकाल्ने योजनामा रहेको छ । अघिल्लो तीन खेलमा नेपालले दुई जित र एक हार व्यहोरेको छ। नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो।

तर, दोस्रो खेलमा ८ रनमा अलआउट भएको नेपाल युएईसँग १० पराजित भएको छ । तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले हराएको थियो । नेपाल ३ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

थाइल्याण्ड लगातार चौंथो जित निकाल्ने योजनामा रहेको छ । थाइल्याण्डले अघिल्ला तीन खेलमा लगातार जित निकालेको छ । थाइल्याण्ड ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोलीले दक्षिण अफ्रीकाको टिकट काट्ने छन् । नेपालले अन्तिम खेलमा बिहीबार मलेसियाविरुद्ध खेल्नेछ ।