२ चैत्र २०८२, सोमबार
गृहमन्त्री बालकृष्ण खाँणले मतदान गराउने जिम्मा सरकारको नभई निर्वाचन आयोगको भएको उल्लेख गर्दै निर्वाचन निष्पक्ष र स्वच्छ भएको बताएका छन्। सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री खाँणले सरकारले मतदान नरोकेको, सुरक्षाकर्मीले मतगणना प्रभावित नपारेको भन्दै निर्वाचनको परिणाममा आशंका नगर्न आश्वस्त पारेका छन्।
एमाले सांसद लालकुमार थापाले बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान गर्न सरकारकै निर्देशनमा भएको भन्दै मंगलबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री खाँण र प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहको राजीनामा माग गरेका थिए।


उनले स्थानीय तहका नयाँ जनप्रतिनिधिलाई सफलताको शुभकामना दिँदै सांसदहरूले उठाएका प्रश्नमा सरकार गम्भीर रहेको भन्दै केही छिटपुटका घटना भएका भए त्यसमा छलफल गर्ने र दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।