प्रधानन्यायाधीश विरुद्धको महाभियोग प्रस्ताव अघि बढाउन एमालेको माग

होमल्याण्ड खबर

२०७९ जेष्ठ २४ गते, मंगलवार १४:४४ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव अघि बढाउन माग गरेको छ ।

मंगलबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी एमाले संसदीय दलकी सचेतक शान्ता चौधरी र सांसद खगराज अधिकारीले महाअभियोगको प्रस्ताव महाअभियोग सिफारिस समितिमा पठाउन माग गरेका हुन् ।

प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारुढ गठबन्धनमा रहेका दलका ९८ जना सांसदले १ फागुन २०७८ मा संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । प्रतिनिधिसभाले २२ फागुन २०७८ मा ११ सदस्यीय महाअभियोग सिफारिस समिति बनाएको थियो । तर, जबराविरुद्धको उक्त प्रस्ताव अझै महाअभियोग सिफारिस समितिमा नपठाइएको भन्दै एमालेले प्रश्न उठाएको हो ।