काठमाडौँमा फोहोर थेग्न सक्ने अवस्थामा छैन : महामन्त्री थापा

होमल्याण्ड खबर

२०७९ जेष्ठ २७ गते, शुक्रबार १७:०९ मा प्रकाशित

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौँको फोहोर थेग्न सक्ने अवस्थामा नरहेको बताएका छन् ।

शुक्रवार शहरी विकास मन्त्रालयमा भएको ल्याण्डफिल्ड साइड बञ्चरे डाँडा र सरकारवाला निकायहरुबीचको छलफलमा महामन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले काठमाडौँ उपत्यकामा जम्मा भएको फोहोर विसर्जन हुन नसक्दा जनस्वास्थ्यमा असर पर्न थालिसकेको बताए । उनले विगतमा गरिएका गल्ती नदोहोर्‍याउने प्रतिवद्धता गर्दै स्थानीयहरुले अहिलेको सरकारसँग र समस्या समाधान गर्न बनेको संयन्त्रसँग विश्वास गर्न आग्रह गरे ।

महामन्त्री थापाले काठमाडौँमा यो वर्ष बनाउने भनेका पूर्वाधार संरचनाहरु रोकेर भए पनि फोहोर व्यवस्थापन गर्न लाग्नुपर्ने बताए ।