३० बैशाख २०८३, बुधबार
मंकीपक्सको आशंका गरिएका व्यक्तिमा कुष्ठरोग पुष्टि भएको छ । मंकीपक्सको जस्तै लक्षण देखिएका २६ वर्षीय युवक हिजो दुबईबाट नेपाल आएका थिए ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित हेल्थ डेस्कका स्वास्थ्यकर्मीले टेकु अस्पताल पठाएका थिए । हिजो र आज गरेको प्रयोगशाला परीक्षण र ड्रमाटोलोजिष्टहरुको टीमले गरेको अनुसन्धानले संक्रमण मंकीपक्सको नभई कुष्ठरोग भएको पत्ता लागेको हो । यसबारेमा मन्त्रालयले केहीबेरमा जानकारी गराउने स्रोतले जनाएको छ ।

