प्रधानमन्त्रीलाई अनुपस्थित हुनुको कारण सोध्ने अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्णय

होमल्याण्ड खबर

२०७९ असार ५ गते, आईतवार १४:५४ मा प्रकाशित

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बैठकमा अनुपस्थित हुनुको कारण सोध्ने निर्णय गरेको छ ।

समितिले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम एसपीपी र आसन्न अमेरिका भ्रमणबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबार बोलाएको थियो । तर अन्तिम समयमा प्राधनमन्त्रीको सचिवालयले आइतबारको बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएको थियो ।

समितिले प्रधानमन्त्रीलाई बैठकमा आउन नसक्नुको कारण जानकारी गराउन ध्यानाकर्षण गराउने निर्णय गरेको छ । समितिको उक्त निर्णयमा सत्तारुढ नेपाली कांग्रेसका सांसदहरुले भने आपत्ति जनाएका छन् ।