२ चैत्र २०८२, सोमबार
नेपाली कांग्रेसका प्रवक्ता एबं पुर्वमन्त्री प्रकाश शरण महतले लगानीकर्ताका माग सम्बोधन गर्न प्रधानमन्त्रीले अर्थमन्त्रीलाई निर्देशन दिइसकेको बताएका छन् ।प्रवक्ता महतले भने ‘प्रधानमन्त्रीले लगानीकर्ताहरुका जायज मागहरु पुरा गर्न अर्थमन्त्रीलाई निर्देशन दिईसक्नु भएको छ अब छिट्टै लगानीकर्ताहरुको माग सम्बोधन हुन्छ लगानीकर्ताहरुको मागप्रति सरकार सकारात्मक छ ।’
अर्को प्रसंगमा बोल्दै महतले भने ‘सेयर कर्जामा जसरी ४र१२ को क्याप लगाईएको छ वास्तवमा त्यो आवश्यक नै छैन यो खारेज नै हुनुपर्छ ।’आइतबार अनसनरत लगानीकर्ता तिलक कोईरालालाई भेट्दै महतले लगानीकर्ताहरुको माग सम्बोधनका लागि पहल गर्ने बताएका थिए ।

