पेट्रोलियम पदार्थको मूल्य बढेसँगै हवाइ भाडा पनि बढ्यो

होमल्याण्ड खबर

२०७९ असार ६ गते, सोमबार १७:२८ मा प्रकाशित

पेट्रोलियम पदार्थको मूल्य बढेसँगै हवाइ भाडा पनि बढेको छ । बुधबारदेखि लागू हुने गरि आन्तरिकतर्फको हवाइ भाडा बढेको हो । वायुसेवा संचालक संघका अनुसार एउटै रुटमा ८४० रुपैयाँसम्म वृद्धि भएको छ ।

संघका अनुसार काठमाडौंबाट सबैभन्दा धेरै धनगढीका लागि ८४० रुपैयाँ भाडा बढी लाग्ने छ । अब काठमाडौं–धनगढी रुटको भाडा अधिकतम १६ हजार ८०५ रुपैयाँ पुगेको छ ।

काठमाडौं माउन्टेन फ्लाइटको भाडा ६५५ रुपैयाँले बढेर १४ हजार ७२० रुपैयाँ पुगेको छ । त्यसैगरी काठमाडौं–भद्रपुर ५७० रुपैयाँले बढेको छ भने काठमाडौं–विराटनगर ४५५ रुपैयाँ बढेको छ। काठमाडौबाट हुने अन्य गन्तव्यहरु जनकपुरमा २४५, भरतपुर २००, पोखरा ३००, भैरहवा ३९५, नेपालगन्ज ६२०, धनगढी ८४०, तुम्लिङटार ३५० र सिमराको १७० रुपैयाँले बढेको छ।