रवि लामिछानेले गरे ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा

होमल्याण्ड खबर

२०७९ असार ७ गते, मंगलवार १३:५४ मा प्रकाशित

राजनीतिमा होमिएका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् । मंगलवार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्ने घोषणा गरेका हुन् ।

काठमाडौंको राष्ट्रिय सभा गृहमा एक कार्यक्रम गरेर उनले आफू ठूलो काम गर्न नभई आम मान्छेका ससाना समस्या समाधानका लागि राजनीतिमा लागेको स्पष्ट पारे ।

उनले अहिले भएका कुनै पनि दलमा आफू प्रवेश नगर्ने घोषणा पनि गरे । लामिछानेले आम नागिरकलाई चाहिएको जस्तो दल बनाएर अघि बढ्ने बताए ।

आफू भएका दलहरुवले नागरिकको आशा विपरीत काम गरेको, जनमत गुमाउँदा पनि एउटाले अर्कोसँग, अर्कोले अर्कोसँग गठबन्धन गरेर सत्तामा रहने प्रपञ्च गरिरहेको आरोप उनले लगाए ।