निर्वाचन आयोगमा रवि लामिछानेविरुद्ध अर्को पनि उजुरी

होमल्याण्ड खबर

२०७९ असार ८ गते, बुधबार १३:५४ मा प्रकाशित

निर्वाचन आयोगमा संचारकर्मी रवि लामिछानेविरुद्ध  अर्को पनि उजुरी परेको छ।

स्वतन्त्र उम्मेदवारको विमति राख्दै काभ्रेमा गोकुल बास्कोटासँग निर्वाचन लड्ने घोषणा गरेका मनोज पण्डित, विश्व साइकल यात्री पुष्कर शाह, राष्ट्रिय पोशाक अभियानका अभियन्ता राजकुमार बजगाईंले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई उजुरी पेश गरेका हुन्।

‘स्वतन्त्र’ नामले स्वतन्त्र अभियानमा असर पुर्‍याएको भन्दै उनीहरुले सो पार्टीको दल दर्ता रोक्न माग गर्दै उजुरी दिएका हुन्।

यसअघि स्वतन्त्र उम्मेदवारी अभियानले पनि उजुरी दिएको थियो।