३० बैशाख २०८३, बुधबार
पोखरामा आज (बिहीबार) बिहानै भूकम्प गएको छ। कास्कीको माछापुच्छ्रे गाँउपालिका ७ धम्पुस केन्द्रबिन्दु भएर गएको ४ दशमलव ९ रेक्टर स्केलको भूकम्पको धक्का पोखरासहित आसपासका जिल्लामा समेत महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ३ बजेर ५६ मिनेट जाँदा कास्कीको धम्पुसलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । केन्द्रका भूगर्भविद् डा.लोकविजय अधिकारीका अनुसार यो गोरखा भूकम्पको परकम्प होइन। ‘आज पोखरा क्षेत्रमा गएको भूकम्प ०७२ मा गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको बिनाशकारी भूकम्पको परकम्प होइन,’उनले भने। निन्द्रामै भूकम्पले हल्लाउन थालेपछि मान्छेहरु आँत्तिदै घर बाहिर निस्किएका थिए ।