३० बैशाख २०८३, बुधबार
काठमाडौंको बूढानीलकण्ठमा एक जना महिला मृत अवस्थामा परेको छ ।
बूढानीलकण्ठ नगरपालिका-३ की फुलमाया सुनार नगरपालिकाकै वडानम्बर-८ स्थित भंगालमा मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।


महिलाले लगाएको भित्री बस्त्रसमेत च्यातिएकोले घटना शंकास्पद रहेको प्रहरीको भनाइ छ । घटनाको अनुसन्धानका लागि प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।