२ चैत्र २०८२, सोमबार
नेकपा एमालेका सचिव योगेश भट्टराईले एकीकृत समाजवादी पार्टीको अहिलेको अवस्था देख्दा पार्टी विभाजन नगर्न माधव कुमार नेपाललाई आफूले अनुनय विनय गरेको स्मरण गरेका छन् ।
शुक्रवार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै सचिव भट्टराईले आफूले पार्टी विभाजन हुँदै गर्दा नेता नेपाललाई कुनै दिन परिस्थिति तपाईंको काबुभन्दा बाहिर जाने कुरासमेत बताएको र अहिले सो पल स्मरण भइरहेको बताएका हुन् ।


उनले लेखेका छन्, एकीकृत समाजवादी पार्टीको अहिलेको अवस्था देख्दा उबेला मैले पार्टी विभाजन नगर्न कमरेड माधवकुमार नेपाललाई गरेको अनुनय, विनय र एमाले विभाजनको औचित्य छैन भनी दिएको तर्क अनि नेपालको कम्युनिस्ट आन्दोलनलाई तहसनहस पार्ने षडयन्त्रको शिकार नबन्न गरेको अनुरोध र केहीभन्दा पनि उहाँले नमाने पछि कुनै दिन परिस्थिति तपाईंको काबुभन्दा बाहिर जाने छ भनेर उहाँबाट छुट्टिएको पलको स्मरण भइरहेको छ ।
सचिव भट्टराईले आफूले त्यतिबेला नै चिनेका केही खेलाडीहरूले नेपाल र झलनाथ खनाललाई धोका दिन खोजेको समेत बताएका छन् ।
उनले भनेका छन्, हेर्दै जाउँ हामीले त्यतिबेला नै चिनेका खेलाडीहरु कमरेड माधव नेपाल र कमरेड झलनाथ खनालले बिस्तारै चिन्दै जानुहुनेछ । आत्मबोध र पश्चताप स् सिर्फ कहिले रु