काठमाडौंका सार्वजनिक स्थानमा भिक्षा माग्न नपाइने

होमल्याण्ड खबर

२०७९ असार १७ गते, शुक्रबार १०:२२ मा प्रकाशित

काठमाडौं महानगरपालिकाभित्रका सार्वजनिक स्थानमा भिक्षा माग्न नपाइने भएको छ । महानगरपालिकाले आज सार्वजनिक सूचना जारी गर्दै र महानगरपालिका क्षेत्र भित्रको सडक, गल्ली, पार्क, सवारी विसौनीस्थल, सरकारी कार्यालय या कार्यालयको परिसर, सार्वजनिक सवारीसाधन र अन्य सार्वजनिक स्थानमा कसैले भिक्षा माग्न नपाइने जनाएको हो । साधु, सन्त, जोगी वा भिक्षुले सनातनदेखि चलिआएको परम्परा अनुसार घर घरमा पुगी भिक्षा माग गरेमा वा कुनै धार्मिक या सांस्कृतिक कार्यमा माग्नेको हकमा भने यो नियम लागु हुने छैन ।