कानुनी शिक्षा नै कानुनी शासनको आधार हो: राष्ट्रपति भण्डारी

होमल्याण्ड खबर

२०७९ असार १७ गते, शुक्रबार १४:३७ मा प्रकाशित

नेपाल ल क्याम्पसको स्थापना दिवस समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीहरूले संविधान र कानुनको बारेमा समाजमा जनचेतना अभिवृद्धि गर्न भूमिका खेल्नुपर्ने बताइन् । सो अवसरमा नेपाल ल क्याम्पस स्वर्ण सम्मानबाट संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ र प्राध्यापक डा. सूर्य सुवेदीलाई सम्मान गरिएको छ ।

नेम्वाङ र सुवेदीलाई राष्ट्रपति भण्डारीले सम्मान प्रदान गरेकी थिइन् । नेपालको संविधान निर्माणमा अतुलनीय योगदान पुर्‍याएको भन्दै क्याम्पसले नेम्वाङलाई सम्मान गरेको हो ।उनी नेपाल ल क्याम्पसका पूर्वविद्यार्थी र प्राध्यापक पनि हुन् ।त्यस्तै, सूवेदीलाई नेपालको जनमत संग्रहका बेला भएको प्रजातान्त्रिक आन्दोलनका क्रममा जेलजीवन बिताएको र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल र नेपालीको ख्याति र गौरव बढाएको भन्दै सम्मान गरेको छ ।