एकीकृत समाजवादीको झण्डासहित किर्गिस्तानको लेनिन पिक चढ्दै लालबहादुर

होमल्याण्ड खबर

२०७९ असार १९ गते, आईतवार ११:१९ मा प्रकाशित

आरोही लालबहादुर जिरेलले किर्गिस्तानको लेनिन पिक चढ्ने भएका छन् । नेपालका सगरमाथा सहित साना ठूला थुप्रै हिमालको सफल आरोहण गरिससकेका जिरेलले किर्गिस्तानको लेनिन पिक चढ्न किर्गिस्तान जान लागेका हुन् ।

उनलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बिदाई गरे । जिरेलले उक्त हिमालमा पार्टीको चुनाव चिन्ह कलम अंकित झण्डा फहराउने नेपालले बताएका छन् । सो अनुसार उनलाई पार्टी केन्द्रीय कार्यालयमा उक्त झण्डा हस्तान्तरण नेपालले बताए ।

दोलखा जिरी निवासी जिरेललाई आरोहण सफलताको शुभकामना पनि नेपालले दिएका छन् ।