१२ मंसिर २०८१, बुधबार
बिमस्टेक चौथो सम्मेलनमा सहभागी हुन आएका सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुलाई आज सरकारले रिट्रिट दिने भएको छ। बिमस्टेक सम्मेलनको पूर्व निर्धारित कार्यक्रम अनुसार शुक्रबार बिहान ८ः३० बजेदेखि १०ः१० बजेसम्मका लागि रिट्रिट कार्यक्रम तय भएको छ। सरकारले सोल्टी होटलमा रिट्रिट दिने जनाइएको छ।
सरकारले गोकर्ण रिसोर्टमा रिट्रिट दिने तयारी गरेपनि चाबहिल–जोरपाटी–साँखु सडकको अवस्था सुधार नभएका कारण सोल्टीमै रिट्रिट दिन लागेको हो।सोही बाहनामा भए पनि बौद्द क्षेत्रको सडक बन्नेमा स्थानियले आशा गरेका थिए , तर सरकारको हेलचक्रयाईका कारण त्यहाँका स्थानियको आशा निराशामा परिणत भएको छ ।
सामुहिक तथा व्यक्तिगत अनौपचारिक छलफल तथा कुराकानीका लागि रिट्रिटको आयोजना गरिन्छ। सम्मेलनमा सहभागी भएका कार्यकारी राष्ट्रप्रमुखहरुका लागि द्विपक्षीय तर अनौपचारिक कुराकानीका लागि रिट्रिट महत्वपूर्ण मानिन्छ।