२ चैत्र २०८२, सोमबार
ललितपुरमा नेकपा एमालेको सचिवालय बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बसिरहेको छ । बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार प्रसार व्यवस्थापन लगायतका विषयमा छलफल भएको बताइएको छ ।
सचिवालय बैठकमा सात कार्यसूचीमा छलफल हुने एमाले केन्द्रीय कार्यालय निकट स्रोतले जानकारी दिएको छ । बैठकमा वैचारिक–राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागको काम व्यवस्थापन लगायतका कार्यसूची रहेको बताइएको छ ।

