८ मंसिर २०८१, शनिबार
नेपाल राष्ट्र बैंकले १८ अर्ब एक करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले ऋणपत्र बिक्री गर्न लागेको हो । बैंकले ९१ दिनको अवधिको लागि ९ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
उक्त ट्रेजरी बिल असोज १८ गते परिपक्क हुनेछ । त्यस्तै, बैंकले ३६४ दिनको अवधिको लागि ८ अर्ब ९१ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल वि।सं २०८० साल असार १९ गते परिपक्क हुनेछ ।
राष्ट्र बैंकका अनुसार यो ट्रेजरी बिल आज असार २० गते, सोमबार दिउँसो ३ बजे बोलकबोल भएर भोलि असार २१ गते, मंगलबार बिक्री हुनेछ ।ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।
ट्रेजरी बिलको बारेमा अन्य विवरण यस प्रकारको छ: