रामेछापमा बस दुर्घटना, ६ जनाको मृत्यु

होमल्याण्ड खबर

२०७९ असार २१ गते, मंगलवार ११:४७ मा प्रकाशित

रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा परेको छ । रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा आज बिहान बस दुर्घटना भएको हो ।

दुर्घटनामा परी कम्तिमा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको सम्पूर्ण विवरण आईनसकेकोले मृतको संख्या थप बढन सक्ने अनुमान प्रहरीले गरेको छ । अहिले पनि घटनास्थलमा उद्धारकार्य जारी रहेको प्रहरीको भनाई छ ।