झापामा ५ दिनमा २ हात्ती मृत भेटिए

होमल्याण्ड खबर

२०७९ असार २२ गते, बुधबार १०:१२ मा प्रकाशित

झापामा पाँच दिनको अन्तरमा दुई वटा हात्ती मृत भेटिएका छन् । असार १७ गते बुद्धशान्ति गाउँपालिका-५ को आयाबारीमा हात्ती मृत भेटिएको थियो । बुधबार अर्जुनधारा नगरपालिका ५ मा अर्को हात्ती मृत भेटिएको हो । दहिझोडा खोला किनारमा दाह्रे हात्ती मृत भेटिएको हो । असार १७ गते पनि दाह्रे हात्ती नै मृत भेटिएको थियो ।

हात्तीको मृत्युको कारण खुल्न सकेको छैन । यसअघि मृत भेटिएको हात्तीको मृत्युको कारण पनि खुलेको छैन ।