२ चैत्र २०८२, सोमबार
अर्थमन्त्री जर्नादन शर्माका विषयमा छानविन गर्न संसदले छानविन समिति बनाउने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मागका आधारमा संसदले छानविन समिति बनाउन लागेको हो । समितिमा ६ सदस्य रहने गरी करिव टुग्गो लागेको छ । तर कुन दलबाट कति प्रतिनिधत्व त्यस्तो संसदीय छानविन समितिमा गराउने भन्नेमा भने अझै कुरो दलहरुका वीचमा मिलसिकेको छैन । सभामुख अग्निप्रसाद सापकोटाको नयाँ बानेश्वरस्थित चयामबरमा भएको छलफलका आधारमा संसदीय छाननविन समिति बनाएर जानेमा करिव सहमति दलहरुका वीचमा जुटेको बताइएको छ । माओवादी पनि छानविन समिति बनाउनका लागि लचक भएपछि संसदीय छानविन समिति बन्न लागेको हो ।
अर्थमन्त्री शर्माले आफुमाथी उठेका प्रश्नहरुको संसदमा जवाफ दिने तयारी गरेपछि एमालेले अर्थमन्त्रीलाई नसुन्ने र वहिष्कार गर्ने बताएको थियो । त्यसपछि बिहान ११ बजे बोलाइएको बैठक नै प्रभावित बनेर अव दिउँसो २ बजेका लागि सरेको छ ।

