माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु

होमल्याण्ड खबर

२०७९ असार २३ गते, बिहीबार १२:३५ मा प्रकाशित

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । आइतबारबाट सुरु भएको बैठक सोमबार बसेर स्थगित भएको थियो। उक्त बैठक बिहीबार दिउँसोबाट पुन:सुचारु भएको हो।

बैठकको तेस्रो दिन अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले केन्द्रीय सदस्यहरुको जिज्ञासा र प्रस्तावमाथि प्रष्टीकरण दिँदै छन्। यस्तै, पूर्वस्थायी समितिले दिएको जिम्मेवारीअनुसार अध्यक्ष प्रचण्डले पदाधिकारी, पोलिटब्यूरोलगायत प्रस्ताव गर्ने तयारी छ।

गत आइतबारदेखि जारी बैठकमा मंगलबार र बुधबार भने स्थगित भएको थियो।

मंगलबार पदाधिकारी, पोलिटब्यूरो चयनलगायतको गृहकार्यका लागि बैठक स्थगित गरिएपनि बुधबारको बैठक अर्थमन्त्री प्रकरणमा संसदीय छानबिन समिति गठन, संसद बैठकलगायतले बिहीबारका लागि सारिएको थियो।