२ चैत्र २०८२, सोमबार
अर्थसचिव मधुकुमार मरासिनी नियमित काममा फर्किएका छन् । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा नदिएसम्म बिदामा बस्ने बताएका मरासिनी आजबाट नियमित काममा फर्किएका हुन् ।
शर्माले बुधबार अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । उनले राजीनामा दिएको भोलिपल्ट मरासिनी मन्त्रालय फर्किएका हुन् । अर्थ मन्त्रालयका प्रवक्ता ढुन्डीप्रसाद निरौलाले अर्थ सचिव काममा आएको जानकरी दिए ।


बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई मन्त्रालयमा छिराएर करको दायरा हेरफेर गराएको आरोप लागेपछि मन्त्री शर्माले राजीनामा दिएका हुन् । उनीबारे छानबिन गर्न हिजो नै ११ सदस्यीय संसदीय छानबिन समिति गठन गरिएको छ।