२ चैत्र २०८२, सोमबार
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेको पोलिटब्युरोलाई लिएर जारी केन्द्रीय कमिटी बैठकमा बबाल भएको छ ।
प्रचण्डको परिवारबाट भने चारजनाको नाम पोलिटब्युरो सदस्यमा परेको छ भने पार्टीमा संघर्ष गर्नेहरुको नाम सुचीमा अट्न सकेको छैन् । सो कारण अध्यक्ष प्रचण्डले प्रस्ताव गरेको पोलिटब्युरो सदस्यको नामावलीप्रति काभ्रे जिल्लाका नेताहरुले तीव्र असन्तुष्टि जनाएका छन् ।


उनीहरुले बैठक एक घन्टा रोकेर भए पनि प्रष्ट नाम सुनाउनुपर्ने भन्दै फ्लोरबाट प्रचण्डलाई दबाब दिएका छन् ।
‘हामीले के गल्ती गर्यौँ, काभ्रेले के गल्ती गर्योरु बरु एक घन्टा रोकेर भए पनि १२५ जनाको नाम क्लियर गर्नुस्’, एक नेताले फ्लोरबाट भने,मूल्यांकन तरिका के होरु युद्धको बेलादेखि हामी अपमानित भयौं। अहिले पनि जिम्मेवारी दिइएन, यो त अन्याय भयो।
केही नेताहरुले एमालेबाट विद्रोह गरेर आए पनि माओवादीले आफूहरुको अवमूल्यन गरेको गुनासो राखे।
‘हामी एमालेबाट पनि विद्रोह गरेर आयौँ। तर जहिले फाल्ने सूचीमा पर्यौ’, ती नेताले भने, एमाले त्यतिकै बलियो भएको होइन। एकता प्रक्रियाका नाममा मसाल र एकता केन्द्रबाट आएकाहरूले जिम्मेवारी पाए तर हामीलाई भूमिकाविहीन बनाइयो। हामीले एमालेलाई बलियो बनाउने काम गरिरहेका छौँ।