डिआईजी राईले पाए प्रहरी प्रवक्ताको जिम्मेवारी

होमल्याण्ड खबर

२०७९ असार २३ गते, बिहीबार १७:११ मा प्रकाशित

प्रहरी नायव महानिरीक्षक (डिआईजी) टेक प्रसाद राईले नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी पाएका छन् ।

प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले बिहीबार डीआईजी राईलाई नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेका एसएसपी विष्णुकुमार केसीको सरुवा भएको छ । गृहमन्त्रालयले बुधवार प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत केसीलाई अपराध अनुसन्धान विद्यालयमा सरुवा गरेको थियो ।