आईजीपी सिंह र काठमाडौंका मेयर शाहबीच भेटवार्ता

होमल्याण्ड खबर

२०७९ असार २४ गते, शुक्रबार १०:३८ मा प्रकाशित

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बिच भेटवार्ता भएको छ । प्रहरी प्रधान कार्यालयमा उनीहरुको बिचमा भेटघाट र छलफल भएको बताइएको छ ।

काठमाडौंको फोहोरमैला व्यवस्थापनमा प्रहरीले कसरी सहयोग गर्नसक्छ भन्नेबारे छलफल भएको छ । मन्दिरको शहर भनेर चिनिने काठमाडौंमा मूर्ति चोरी बढेको र सो चोरी न्यूनिकरण गर्न महानगरपालिकाले सिसिटिभी जडान गर्नेबारे छलफल भएको छ ।

ट्राफिक व्यवस्थापन र सार्वजनिक यातायात गर्नेबारे आईजीपी र मेयर शाहको बिचमा छलफल भएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ । उपत्यकामा सिसिटिभी बिस्तार र चोरी नियन्त्रणका लागि कम्यूनिटी साइरन जडान गर्नेबारे छलफल भएको छ ।