सयपत्री हाइड्रोपावरको आ‍इपिओमा आवेदन दिने आज अन्तिम दिन

होमल्याण्ड खबर

२०७९ असार २४ गते, शुक्रबार ११:५५ मा प्रकाशित

सयपत्री हाइड्रोपावरको आइपिओमा आवेदन दिने आज अन्तिम दिन। लगानीकर्ताले शुक्रबार कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ। हाइड्रोपावरले २ असारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई आइपिओ बिक्री खुला गरेको छ। कम्पनीले १०० अंकित मूल्यमा तीन लाख कित्ता सेयर बिक्री खुला गरेको हो।

यसले आयोजना प्रभावित क्षेत्र बागलुङको ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकाका स्थानिय बासिन्दालाई निष्कासन गरेको हो। आइपिओमा एनआइबिएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ। स्थानीय बासिन्दाले प्रभु बैंकको ताराखोला र गल्कोट शाखा, ग्लोबल आइएमई बैंकको गल्कोट शाखा, कामना सेवा विकास बैंकको गल्कोट शाखा र एनआइबिएल एस क्यापिटल लाजिम्पाट, काठमाडौँबाट आइपिओ भर्न सक्नेछन्।