३० बैशाख २०८३, बुधबार
कास्कीको अन्नपूर्ण गाउँपालिका–७ पानीपोखरी भन्ने स्थानको जंगलमा झुण्डिएको अवस्थामा दुई जनाको शव फेला परेको छ । प्रहरीका अनुसार, शव केही दिन अगाडी देखि नै रहेको देखिएको छ । घाँस काटन गएका स्थानीयहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
त्यसपछि प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीका अनुसार, झुन्डिएकाहरुको साथमा भएको नागरिकता, पासपोर्ट लगायतका कागजपत्रको आधारमा उनीहरु काभ्रेको बनेपा नगरपालिका–१ का २८ वर्षीया सुदिना कर्माचार्य र ३२ वर्षीय दिवाकर थापा रहेको खुलेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

