माओवादी अध्यक्ष प्रचण्ड ३ दिने भ्रमणका लागि आज भारत जाँदै

होमल्याण्ड खबर

२०७९ असार ३१ गते, शुक्रबार १०:१६ मा प्रकाशित

नेकपा (माओवदी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज तीनदिने भारत भ्रमणमा निस्कदैछन् । भाजपा अध्यक्ष जे पी नड्डाको निमन्त्रणामा प्रचण्ड आज भारत भारत भ्रमणमा निस्कन लागेका हुन् ।
भाजपा अध्यक्ष जेपी नड्डासंग भाजपा मुख्यालयमै भेटवार्ता हुने तय भएको छ। यस अवसरमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवाले सहित केही अन्य शीर्षस्थ नेताहरूको उपस्थिति हुने बताइएको छ।

तीन दिने भारत भ्रमणको क्रममा माओवादी अध्यक्ष प्रचण्ड र भारतका राष्ट्रीय सुरक्षा सल्लाहकार अजीत डोभाल बीच भेटवार्ता तय भएको छ। यस्तै भारतका विदेश मन्त्री डा एस जयशंकर र विदेश सचिव विनय मोहन क्वात्रासंग पनि प्रचण्डको भेट तय गरिएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग को भेट अहिले निश्चित नभएको जानकारी दिइएको छ।