बाबुराम भट्टराईलाई पदमुक्त गर्दै जसपा संघीय परिषद् अध्यक्षमा अशोक राई चयन

होमल्याण्ड खबर

२०७९ असार ३१ गते, शुक्रबार १०:४० मा प्रकाशित

जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्षमा अशोक राई चयन भएका छन् । पर्साको वीरगन्जमा बसेको केन्द्रीय समितिको बैठकबाट यसअघिका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई पदमुक्त गर्दै राईलाई सोही पदको जिम्मेवारी दिएको हो ।

संघीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गर्ने बैठकले निर्णय गरेको नेता प्रकाश अधिकारीले जानकारि दिए ।

पार्टी विभाजनको लागि भूमिका खेलेको आरोप लगाउँदै भट्टराईसहित ९ जना केन्द्रीय नेतालाई जसपाले बिहीबार कारबाही गरेको छ ।

बैठकले विधान संशोधनसहित पारित गरेको छ ।