प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

होमल्याण्ड खबर

२०७९ असार ३१ गते, शुक्रबार ११:१३ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवाले आज आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक केहीबेरमा बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक जारी छ ।

उक्त बैठक सकिनेबित्तिकै बालुवाटारमै मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले मन्त्रिपरिषद्को बैठक बस्न लागेको जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग, बेपत्ता छानविन आयोग र यसका पदाधिकारीहरुको म्याद थपबारे निर्णय लिने स्रोतको भनाइ छ । यी दुवै आयोगका पदाधिकारीको कार्यकाल असार मसान्तमा सकिँदैछ ।