कमल थापालाई गाई चिह्न नदिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

होमल्याण्ड खबर

२०७९ असार ३१ गते, शुक्रबार १४:२६ मा प्रकाशित

सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई गाई चुनाव चिह्न नदिने निर्णय तत्काललाई कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

थापाले बिहीबार चुनाव चिह्न ‘गाई’ माग्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले शुक्रबार उक्त आदेश दिएको हो।

सर्वोच्चले निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफल गर्न आयोग र रिट निवेदक दुवै पक्षलाई साउन ४ गते बोलाएको छ ।

बिहीबार दर्ता गरिएको रिटमाथिको पेसीमा बहस गर्न अध्यक्ष कमल थापा सर्वोच्च अदालत पुगेका थिए।