काठमाडौं बार एशोसिएसनमा डीएलएको प्यानलै बिजयी, कसले कति मत ल्याए ?

होमल्याण्ड खबर

२०७९ श्रावण १ गते, आईतवार १०:४७ मा प्रकाशित

काठमाडौं जिल्ला अदालत बार एशोसिएसनको निर्वाचनमा नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसन (डीएलए)को प्यानलै बिजयी भएको छ । शनिबार भएको निर्वाचनमा अधिवक्ता रामचन्द्र पौडेल (आर.सी बिमल) नेतृत्वको डीएलएको सम्पूर्ण प्यानल बिजयी भएको हो ।

अध्यक्षमा पौडेलले ९६४ मत ल्याई बिजयी भएका हुन् । उनका प्रतिस्पर्धी हरिप्रसाद कटेलले ११८ मत प्राप्त गरेका थिए । त्यस्तै, उपाध्यक्षमा पूरुषोत्तम अधिकारी, सचिवमा उज्जवलराम श्रेष्ठ, सहसचिवमा अञ्जु रेक्ष्मी अर्याल र कोषाध्यक्षमा सन्तोष भण्डारी निर्वाचित भएका छन् ।

खुल्ला सदस्यमा क्रमशः भिष्म निरौला, मदनकुमार दहाल, संकल्प क्षेत्री, सुर्यमणी राई, सुनिल थापा, सुर्यबहादुर दौल्याल, सुवास पाठक विजयी भएका छन् । यसैगरी, हरिराम लामिछाने, चेतनाथ तिमल्सिना, जीवन न्यौपाने, प्रविण हुमगाई, दिपकुकुमार साह सदस्यमा विजयी भए । महिला सदस्यमा गीता श्रेष्ठ र उमादेवी प्रसाई चयन भए ।


हेर्नुहोस कसले कित मत पाए ?