काठमाडौँ महानगरको प्रवक्तामा मानन्धर नियुक्त

होमल्याण्ड खबर

२०७९ श्रावण २ गते, सोमबार ११:०१ मा प्रकाशित

काठमाडौं महानगरपालिकाको प्रवक्तामा वडा नम्बर १७ का वडाध्यक्ष तथा सूचना प्रविधि समितिका संयोजक नविन मानन्धर नियुक्त भएका छन् ।

महानगरको छैटौँ कार्यपालिका बैठकले मानन्धरलाई प्रवक्तामा नियुक्त गरेको महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले जानकारी दिए ।

यसअघि महानगर प्रवक्तामा ईश्वरमान डंगोल थिए। वैशाख ३० मा सम्पन्न निर्वाचनदेखि महानगर प्रवक्ताविहीन थियो ।