कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै

होमल्याण्ड खबर

२०७९ श्रावण २ गते, सोमबार १२:०० मा प्रकाशित

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । गत सोमबारदेखि सुरू भएको बैठक आज अपराह्न ३ बजे सानेपास्थित पार्टी कार्यालयमा बैठक बस्ने जनाइएको छ ।

आजको बैठकमा अघिल्ला बैठकहरुमा उठेका सवाल, पदाधिकारी बैठकमा भएका छलफल तथा जवाफसहितको निर्णय सुनाउने कार्यसूची रहेको छ । हिजो बसेको पदाधिकारी बैठकले आजको केन्द्रीय समिति बैठकमा निर्णय सुनाउने तय गरेको थियो ।