संसदको आयु आगामी निर्वाचनको मनोनयन दर्ताको दिनसम्म रहन्छ: सभामुख

होमल्याण्ड खबर

२०७९ श्रावण २ गते, सोमबार १६:१४ मा प्रकाशित

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदको आयु आगामी निर्वाचनको मनोनयन दर्ताको दिनसम्म रहने बताएका छन् ।

‘यो संसदको आयु नोमिनेसनसम्म रहन्छ भन्नेछ । त्यसमा फाइनल होइन मोटामोटी नोमिनेसनको दिनसम्म संसद रहन्छ’, सोमबार सञ्चारकर्मीहरूसँग उनले भने । उपसभामुखको शपथको दिन पनि यसबारेमा प्रधानमन्त्रीले छलफल टुंगोमा पुगौँ भनेको उल्लेख गर्दै उनले अब सबै निकायसँग छलफल गरेर निर्णयमा पुगिने बताए ।