गायिका दिलमाया सुनार हत्या आरोपी उनका प्रेमी कारागार चलान

होमल्याण्ड खबर

२०७९ श्रावण ९ गते, सोमबार १५:१९ मा प्रकाशित

लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या अभियोगमा उनका प्रेमी खिलबहादुर श्रेष्ठलाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

आइतबार न्यायाधीश कृष्णजंग शाहको इजलासमा भएको थुनछेक बहसपछि श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

गत असार ११ गते काठमाडौँको नेपालटारस्थित डेरामा गायिका दिलमाया सुनार मृत अवस्थामा भेटिएकी थिइन् ।