एसइई परिक्षाको नतिजा सार्वजनिक

होमल्याण्ड खबर

२०७९ श्रावण ११ गते, बुधबार १६:१३ मा प्रकाशित

माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा सार्वजनिक भएको छ । परीक्षार्थीले बोर्डको वेबसाइट www.neb.gov.np/ बाट एसइईको नतिजा हेर्न सक्छन् । राष्ट्रिय परीक्षा बोर्डले आज नतिजा सार्वजनिक गरेको हो । उच्च जिपिए ३.६ देखि ४.० ल्याउनेकाे स‍ंख्या ९६ हजार ३३ भएकाे बाेर्डले जनाएकाे छ ।

गत वैशाख ९ देखि २० गतेसम्म सञ्चालन भएको परीक्षामा पाँच लाख १४ हजार नाै सय ७७ परीक्षार्थी सहभागी थिए । तीमध्ये दुई लाख ५७ हजार नाै सय २४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र छन् । उनीहरूले दुई हजार सात परीक्षा केन्द्रबाट परीक्षा दिएका हुन् ।