२२ हजार ६४० जना एसईई परीक्षामा अनुपस्थित

होमल्याण्ड खबर

२०७९ श्रावण ११ गते, बुधबार १७:०१ मा प्रकाशित

एसईई परीक्षामा २२ हजार भन्दा बढी परीक्षार्थी अनुपस्थित रहेको पाइएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको नतिजाअनुसार २२ हजार ६४० जना परीक्षार्थी अनुपस्थित भएका हुन् ।

अनुपस्थित भएको जनाउसहित बोर्डले नतिजा सार्वजनिक गरेको हो ।

अनुपस्थित हुनेमा ११ हजार ९३७ जना छात्रा र १० हजार ७०२ जना छात्र रहेका छन् । जुन कुल परीक्षार्थीको २।७२ प्रतिशत हुन आउँछ ।