१२ मंसिर २०८१, बुधबार
मुलुकी अपराध (संहिता) का उपचारसँग सम्बन्धित केही प्रावधान संशोधन गर्नुपर्ने मागसहित आन्दोलनरत आन्दोलनमा उत्रिएका चिकित्सकलाई सरकारले वार्ताको लागि बोलाएको छ ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डाक्टर सुरेन्द्रकुमार यादवले वार्ताका लागि आज बिहान ११ बजे चिकित्सकलाई मन्त्रालयमा बोलाएका हुन् ।
चिकित्सक संघले भने वार्तामा बोलाए पनि माग सम्बोधन नभएसम्म आन्दोलनका नरोकिने भन्दै वार्ता र आन्दोलन एकसाथ जारी रहने बताएको छ ।
नयाँ ऐन बनाउँदा चिकित्सकहरुलाई कुनै जानकारी नगराइएको र बदनीयपूर्ण तरिकाले कानुन ल्याएको चिकित्सकहरूको आरोप छ । भदौँ १ देखि १५ गते सम्म सरकारलाई समय दिँदा पनि कुनै प्रगति नभएको कारण आफूहरु आन्दोलनमा जान बाध्य भएको संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले बताए ।
हिजो ओपीडी सेवा बन्द गरेर सडकमा उत्रिएका चिकित्सकहरुले आज पनि आन्दोलनलाई जारी राखेका छन् । आज दोस्रो दिन देशभरको अस्पतालका प्रशासनिक काम बन्द गराइएको छ ।
आन्दोलनको दोस्रो दिन आज देशभरको प्रशासनको काम बन्द गरेको नेपाल चिकित्सक संघका महासचिव लोचन कार्कीले जानकारी दिए ।
मुख्य रुपमा चिकित्सक संघले नयाँ मुलुकी ऐनको परिच्छेद १९ को इलाज सम्बन्धी कसूर अन्तरगत १ दफाको २३० को उपदफा (४),दफा २३१,२३२,२३३ को उपदफा (४) को २३५ र २३८ को उपदफा ९४० सच्याउनु पर्ने माग गर्दै आएका छन् ।