अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न भीम रावलको माग

होमल्याण्ड खबर

२०७९ श्रावण १३ गते, शुक्रबार १५:१८ मा प्रकाशित

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सांसद् भीम रावलले एसपीपी अस्वीकार गरेको भन्दै अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न माग गरेका छन् ।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले पत्र लेखिएको कुरा नेपाली जनताले थाहा पाउने गरी संसद्मा सार्वजनिक गर्न आग्रह गरे । उनले एसपीपी कार्यक्रम मात्र नबढ्ने भन्ने पत्र गएको हो कि सदस्यताबाट पनि नेपाल हटेको हो त्यो स्पष्ट पार्न पनि अनुरोध गरेका छन् ।

यस्तै सांसद् शिवमाया तुम्वाहाम्फेले पनि पत्र सार्वजनिक गर्न माग गरिन् ।