२९ बैशाख २०८३, मंगलवार
खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले ६ म्याग्निच्यूडको भूकम्प गएको पुष्टि गरे । ‘खोटाङको विर्ता केन्द्रबिन्दु भएर बिहान ८ बजेर १३ मिनेटमा ६ म्याग्निच्यूडको भूकम्प मापन भएको छ’, उनले भने ।
भूकम्पको धक्का पूर्वी नेपालमा कडा महसुश भएको थियो भने काठमाडौंमा सामान्य महसुश भएको थियो । भूकम्पबाट के कति क्षति भयो भन्नेबारे खुलिसकेको छैन ।

