९ मंसिर २०८१, आईतवार
साफ यू–२० च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले आज आइतबार तेस्रो खेलमा साविक विजेता भारतको सामना गर्दैछ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले बलियो घरेलु टोली भारतको सामना गर्नेछ।
नेपाल र भारतबीचको खेल बेलुका सवा ७ बजे सुरु हुनेछ। प्रतियोगितामा बंगलादेश तीन खेलमा तीनै जित निकालेर शीर्षस्थानमा छ। त्यसपछि २ खेलमा २ जित निकालेको नेपाल छ भने भारत ३ अंकसहित तेस्रो स्थानमा छ।
नेपाल भारतमाथि विजयी रहे प्रतियोगितामा सबै प्रकारका समीकरण नै समाप्त हुनेछ । त्यस स्थितिमा राउन्ड रोबिनको आधारमा चलिरहेको प्रतियोगितामा नेपाल र बंगलादेश फाइनल पुग्नेछन् बराबरी स्थितिमा बंगलादेश फाइनल पुग्ने पहिलो टिम हुनेछ। दोस्रो टिमका लागि लिग चरणको अन्तिम दिन कुर्नुपर्नेछ।