डिजिटल कारोबारमा सानिमा, बैंकका ग्राहकले नमस्ते पे वालेटबाट कारोबार गर्न सक्ने

होमल्याण्ड खबर

२०७९ श्रावण १५ गते, आईतवार १५:४४ मा प्रकाशित

सानिमा बैंकका ग्राहकले अब नमस्ते पे वालेटबाट कारोबार गर्न सक्ने भएको छ। ग्राहकहरुले नमस्ते पे वालेटबाट बैंकको मोबाइल बैंकिङ लगइनगरी सजिलै रकम रकमान्तर(चेकआउट) गर्न सकिनेछ ।

बैंकले ग्राहकहरुका लागि मोबाइल बैंकिङ एप मार्फत फन्ड लोड गर्ने प्रणालीको पनि ब्यवस्था चाँडै नै उपलब्ध गराउने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। बैंकको मोबाइल बैंकिङ एपबाट इसेवा, खल्ती र नमस्ते पे वालेट गरी तीन वटा वालेटमा सेवा उपलब्ध गराइरहेको छ। बैंकले डिजिटल बैंकिङलाई अधिकतम प्रयोग र नगदरहित कारोबारलाई प्रोत्साहन गर्दै आएको जनाएको छ।