अरनीको राजमार्गमा २० मिटर सडक भासियो, चीन जाने सवारी साधनको आवागमन रोकियो

होमल्याण्ड खबर

२०७९ श्रावण १६ गते, सोमबार ११:२८ मा प्रकाशित

अविरल वर्षाको कारण अरनीको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ डाक्लाङमा आज बिहान सवा ५ बजे अन्दाजी २० मिटर सडक भासिएको छ । सडक भासिएका कारण तातोपानी हुँदै चीनतर्फ जाने आउने मालवहाक सवारी साधनको आवागमन रोकिएको प्रहरीले जनाएको छ ।

सडक मर्मतको लागि सडक विभागसँग समन्यव भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।